बन्द नाक बाट कसरी छुटकारा पाउने

बन्द नाक बाट कसरी छुटकारा पाउने :: Band Naak Bata Kasari Chhutkara Paune

Home Remedies of Nose Blockage

मौसम परिर्वतन संगै स्वास्थ्यमा धेरै किसिमको समस्याहरु सँग जुध्नु पर्ने हुन्छ । जस्तो की रुघा, खोकी आदिले नाक बन्द हुने समस्याहरु, जसले गर्दा सास फेर्न निकै ग्राहो बनाउछ र उकुस मुकुस पारीदिन्छ । यदी तपाई यो समस्याले ग्रसीत हुनुहुन्छ भने केही घरेलु उपाएहरु अपनाएर यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

 

स्टीम बाफ

नक बन्द छ भने तातो पानीको बाफ लिनुस यो सबै भन्दा पुरानो उपाए हो । एउटा भाडोमा बाफ लिनुस त्यसमा अलिकति भिक्स मिसाउनुस र कम्बल वा तौलियाले टाउको छोपेर बाफ लिनुस । बाफ यसरी लिनुस की त्यो सिधै तपाईको नाक तथा घाँटीमा जाओस् यसो गर्नाले केही हदसम्म आराम हुन्छ ।

कागती र मह

एक चम्चा कागतीको रसमा २–३ थोपा मह मिलाएर २–३ दिन सम्म सेवन गर्नुस् । यो बन्द नाक खोल्नको लागी एकदम राम्रो उपाय हो ।

 नरिवलको तेल

यो बन्द नाक खोल्न सजिलो उपाय हो । जब जब  तपाईको नाक बन्द हुन्छ तब औलामा नरिवलको तेल लिएर सिधै नाक भित्र लगाउनु । यसो गर्नाले केही छिनमै बन्द नाक खुल्छ ।

 कपुर

यो बन्द नाक खोल्ने सबैभन्दा उत्तम उपाय होे । कपुरलाई नरिवलको तेलमा हालेर सुघ्नुस बन्द भएको नाक तुरुन्तै खुल्छ ।

तितौरा र मरिच

एक गिलास पानीमा ५० ग्राम तितौराको गुदी र आधा चम्चा मरिच मिलाएर तताउनुस र दीनमा ३ पटक सम्म सेवन गर्नुस् ।

एपल विनेगर

२ चम्चा स्याउको झोलमा आधा चम्चा महलाई तातो पानीमा मिलाएर विहान तिर सेवन गर्नुस् यसले बन्द नाक खुल्छ ।


यदी तपाईलाई यो पोस्ट मन पर्यो उपयोगी भने कृपया Comment अनि Share गर्नुहोस

Share on Google Plus

About YoKasari.com

YoKasri मा तपाईले Technology, Helath, lifestyle सम्बन्धी हरेक प्रकारको Tips and Triks र अन्य जानकारी Nepali Language मै पाउन सक्नु हुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: