दाद रोगको उपचार कसरी गर्ने
Home Remedies of Eczema ::
Daad Rog Ko Upachar Kasari Garne
दाद रोगले मानिसलाई हैरानी बनाउँदछ । दाद रोग चिलाउने भएको कारणले गर्दा बिरामीलाई हैरान पार्दछ । कुनै पनि शरीरभित्रका अङहरुमा खराबी भयो भने दाग रोग नङ, लिङ, जाँघ, पेटको तल्लो भाग र अण्डकोशमा धेरै आउने गर्दछ । दाद रोगलाई ददु र एलोपेथिकमा रिंग वर्म भनेर चिनिन्छ । शरिरको गोप्य अङमा पनि दाद आउने भएकाले यसको उपचार समयमा नै गनुपर्ने हुन्छ ।
दाद रोग भएको मानिसले कस्तो खाना नखाने
- नयाँ अन्नबाट बनेको खानेकुरा नखाने ।
- दहि अम्लिय पदार्थ नखाने ।
- तेलमा तारेको खाना अनि मसला बढी भएको खाना नखाने ।
- मासु, माछा, सख्खर, तिल, रक्सी नखाने ।
- सकिन्छ भने चुरोट, सुर्ती, पराग केही पनि नखाने ।
दाद रोगबाट बच्ने उपाए
- रातो खुर्सानीको तेल, मेवाको दुध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र दादमा बिहान बेलुका लगाउने ।
- छाला, नङ, औलाको बीच तथा तेप, हातखुटा टाउकोको नियमित सफाई गर्ने र सधै सफा गर्ने।
- दाद आएको भागमा निमको पातले सधै सफा गर्ने ।
- आफ्नो सरसफाइमा ध्यान दिने, सफा कपडा लगाउने ।
- हात खुटाको नङलाई सफा राख्ने ।
- रोगीले प्रयोग गरेका सामान जस्तै टुथब्रस काइयो लुगा रुमाल तौलिया अरुले प्रयोग नगर्ने ।
- दाद आएका भागमा नङले चिलाउने प्रयास नगर्ने ।
- दादलाई चिलाउदा आँैलाले शरीरको अन्य भागमा नचिलाउने ।
- दाद आएको भागमा परेको कपडा सफा गरेर मात्र प्रयोग गर्ने ।
- नुहाउँदा सकेसम्म साबुनको प्रयोग नै नगर्ने । यदि सकिदैन भने कम मात्रामा प्रयोग गनेै ।
- नुहाउनलाई अल्छि नगर्ने । जाडोको समयमा पनि नियमित नुहाउने ।

0 comments:
Post a Comment