पेट दुखेमा
Pet Dukhema Upachar Kasari Garne :: Home Remedies of stomach pain
पेट दुखेको अवस्थामा कस्तो खाना नखाने
- जबसम्म पेट दुखिरहन्छ तबसम्म खाना नखाने ।
- दुध नखाने, पिरो खाना र चिल्लो खाना नखाने ।
- बेसनबाट बनेको चिज मिठाई नखाने ।
पेट दुखेको बेलामा कसरी उपचार गर्ने
- पानीलाई उमालेर तातो बनाई थैली या बोतलमा भरेर बारम्बार सेकिरहने ।
- मनतातो पानीको पटी लगाउने ।
- बिरामीलाई आराम गर्न लगाउने ।
- खुटालाई न्यानो बनाएर राख्ने ।
- गिलो माटो तताएर पेटमा लगाउने ।
- खाली पेट धेरै समयसम्म नबस्ने ।
- मानसिक तनाब हुनबाट बाँच्ने ।
- छिटोभन्दा छिटो औषधी प्रयोग गर्ने ।
अन्य उपायहरु
- कागतीको रस पानीमा मिसाएर खाने ।
- पेट दुख्न छाडेपछि हल्का नरम लिटो जस्तो खाने ।
- एक गिलास तातो पानीमा आधा चम्चा नुन मिसाएर पिउने ।
- धेरै तिर्खा लाग्यो भने बरफको टुक्रा चुसिरहने ।
- हिड ज्वानो र नुन थोरै थोरै मात्रामा मिलाएर पानीसँग खाने ।
यदी तपाईलाई यो पोस्ट मन पर्यो र उपयोगी छ भने कृपया Comment अनि Share गर्नुहोस ।

0 comments:
Post a Comment