डण्डीफोर Pimples को उपचार कसरी गर्ने
Home Remedies of Pimples
डण्डीफोर प्राय जसो सबै मानिसमा आउँदछ । उमेर पुग्न लागेका युवा, युवतीलाई आउँदछ । नेपाली जवान अनुसार डण्डीफोरलाई बैंसको संकेत पनि भनिन्छ । जव युवा अवस्थामा मानिस प्रस्थान गर्दछन् तव उनीहरुको अनुहारमा डण्डीफोर आउने गर्दछ । अनुहारमा नै डण्डीफोर आउने भएकोले युवा अथवा युवतीको अनुहार नै कुरुप बनाउने गर्दछ । यसको औषधी समयमा नै गनुपर्दछ ।डण्डीफोर आउनु मुख्य कारणहरु निम्नानुसार छन्
- युवा अवस्थामा हर्माेनको अधिकताले आउनु ।
- पेट खराब हुनु, रगतको खराबी हुनु ।
- छालामा फोहोर भएको कारणले गर्दा ।
- अनुहारमा विभिन्न प्रकारका क्रिम, मलम लगाउनाले ।
- भिटामिन ए को कमि र चिल्लो पदार्थ धेरै खानाले ।
- सम्भोगको अति चाहना हुनु, हस्तमैथुन धेरै गर्नाले ।
- कामउतेजक साहित्यहरुको अध्ययन गर्नाले ।
- उतेजक चलचित्रहरु हेर्नाले पनि ।
- युवतीमा मासीक धर्मको खराबीले पनि ।
- पेय पदार्थ धेरै पिउनाले पनि ।
डण्डीफोर रोगको उपचार कसरी गर्ने
- सुत्नु अगाडी तातो पानिले मुख धुने अनि अनुहारमा तातो पानीको बाफ लिनुपर्दछ ।
- बिहान सुर्याेदय हुनुभन्दा पहिले नै घुम्न जाने ।
- सुत्नुभन्दा अगाडी अनुहारमा जैतुनको तेल अथवा जाइफललाई दुधमा घोटेर लगाउने ।
- बिहानैको समयमा सौचालय जानुपर्दछ ।
- कपालमा बोरिक लोशन लगाएर पाकेको फोकामा वरिपरि बिस्तारै पुछदै खिल निकाल्ने ।
नोटः डण्डीफोरलाई हातको औलाले निचोर्ने काम नगर्ने यसले अनुहार नै कुरुप बनाउन सक्दछ । डण्डीफोर भएको बेलामा खानेकुरा यो यो खानु पर्दछ यो खानु हुदैँन भन्ने छैन । तर पनि चिल्लो पदार्थ धेरै मात्रामा नखाने, रातीको समयमा ढिलोसम्म नबस्ने । यो एक पटक आउँदछ अनि आफैँ हराएर जान्छ । यसको लागी विभिन्न किसिमको औषधी प्रयोग गर्नु जतिखेर पायो त्यतिखेर हातले नलाउनु नपाकेको बिमिरालाई जर्वजस्ती निर्चार्ने गर्नु हुदैन यसले गर्दा डण्डीफोर बिग्रिएर अनुहार कुरुप हुन्छ ।
माथिका सबै कार्य गर्ने हो भने डण्डीफोर आफै ठिक हुन्छ । डण्डीफोर ठुलो रोग हैन ।
यदी तपाईलाई यो पोस्ट मन पर्यो र उपयोगी छ भने कृपया Comment अनि Share गर्नुहोस ।

0 comments:
Post a Comment